काठमाडौँ, २७ मंसिर- गायक सुभास तामाङ मोक्तानको तामाङ सेलो छेवार गीत सार्वजनिक भएको छ । बौद्धको छिमेकी क्याफेमा भएको पत्रकार सम्मेलन माझ संघीय सांसद कृष्ण बहादुर राईले गीत सार्वजनिक गरेका हुन ।गीतमा गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानको सुमधुर आवाज रहेको छ ।
“छेवार”गीतको म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङ, गायिका इन्दिरा गोले, नेपाल तामाङ कलाकार संघको अध्यक्ष तथा गायक सन्जिव वाइवा, फापरे गीतका गायक प्रेम लोप्चन, नेपाल तामाङ कलाकार संघको वरिष्ठ उपाध्यक्ष विश्व दोङ, नेपाल तामाङ अन्तरर्राष्ट्रिय परिषदका वरिष्ठ महिला उपाध्यक्ष अस्मिता वाइवा, नेपाल तामाङ कलाकार संघको महासचिव विशाल काल्तेन लगाएत तामाङ समुदायको चिरपरिचित कलाकारहरुको उपस्थिति रहेको थियो । “छेवार” तामाङ समुदायको सस्कृति बोकेको महत्वपुर्ण शब्द हो । यो शब्द आफैमा महत्वपुर्ण रहेको हुनाले तामाङ समुदायले यो म्यूजिक भिडियोलाई माया गर्नेमा कुनै दुईमत नरहेको श्रस्टाहरु बताछन् ।
संचारकर्मी एवम् हाम्रो मिसन समृद्ध नेपालका महासचिव मिलन कुमार लामाले सो गीत साँच्चिकै तामाङ समुदायले खोजेको र तामाङ समुदायको सस्कृतिको नेतृत्व गरेको गीत भएको दाबी गरे । “डम्फु” तामाङ संस्कृतिको पहिचान हो । यो सेलो तामाङ म्यूजिक भिडियोमा डम्फुको महत्वलाई पनि दर्शाईएको छ । वास्तवमा गायक सुभास मोक्तान र गायिका शशिकला मोक्तानले अहिलेसम्मको सबै भन्दा उत्कृस्ट म्यूजिक भिडियो सार्वजनिक गरेको छ भन्दा फरक नपर्ला” नेपाल तामाङ कलाकार संघका अध्यक्ष सन्जिव वाइवाले म्यूजिक भिडियोको प्रशंसा गर्दै भने ।
“आज सार्वजनिक भएको म्यूजिक भिडियोले तामाङ समुदायको शिर उठाउने काम गरेको छ । डम्फु अनि टुङनालाई सामाजिक रुपमा स्थापित गराउन पनि महत्वपुण भुमिका खेलेको देखिन्छ । यो टिमलाई सफलताको शुभकामना” उनले भने । यसैगरी फापरे गीतका गायक प्रेम लोप्चनले मन छुने र सबैले मन पराउने म्युजिक भिडियो निर्माण गरेको दाबी गरे । “मैले खेजेको, मैले चाहेको अनि मैले तामाङ भएको अनुभुति भएको म्युजिक भिडियो निर्माण भएको रहेछ । हामी तामाङ समुदायको छाती आज फराकिलो भएको छ ।”
खुशी ब्यक्त गर्दै गायक तथा वरिष्ठ संगीतकार चन्द्र कुमार दोङले सफलताको शुभकामना दिए । यो गीतमा कति जना कलाकारले अभिनय गरेको छ भन्नलाई यकिन नभएको र तामाङ समुदायमा नाम कमाउन सफल सम्पुर्ण कलाकारहरुले यो म्युजिक भिडियोमा अभिनय गरेको निर्माण पक्षले कुरा राखेका छन् । कार्यक्रममा प्रमुख अतिथि तथा संघीय सांसद कृष्ण बहादुर राईले अन्य जातजातिको ठाउँ अनुसार भाषा, संस्कृति फरक फरक पाएकोमा तामाङ समुदायको जहाँ गएपनि एउटै हुने भन्दै गर्व महशुश भएको बताए ।
उनले गीतको सफलता अनि गायक सुभास तामाङको चर्चा गर्दै भने “ म पनि तामाङ समुदायको भान्जो हो । मेरो आमा पनि तामाङ हो । ”उनले छाति फराकिलो पार्दै सबैको सामु स्व घोषणा गरे । यो म्युजिक भिडियोलाई नाम्दु मिडियाबाट सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनलाई हाम्रो मिसन समृद्ध नेपालका अध्यक्ष तथा तेमाल अनलाइनको कार्यकारी सम्पादक सुदिन लामाले संचालन गरेका थिए । अन्तमा गायिका शशिकला मोक्तानले उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै भनिन “मलाई र मेरो सम्पुर्ण टिमलाई माया गरेर पाल्नु भयो । गीत सुनेर, म्युजिक भिडियो हेरे लाईक कमेन्ट अनि सेयर गर्न नभुल्नु होला । मेरो सबैलाई हृदय देखि नमस्कार ।
FACEBOOK COMMENTS