काठमाडौँ — नेपाल प्रहरीले सुरक्षा निकायबीच देखिएको रासनभत्ता विभेद हटाउन माग गरेको छ ।
सुरक्षा निकायको रासनभत्ता समायोजनसम्बन्धी कार्यदलसमक्ष प्रहरीले सरकारले उपलब्ध गराउने रासनमा समानता कायम गर्न माग राखेको हो ।
प्रहरीले मूल्यवृद्धिअनुसार रासन समायोजन गर्नुपर्ने माग अघि सारेको छ ।
प्रहरीले नेपाल राष्ट्र बैंकको मुद्रास्फीति, दैनिक आवश्यक पर्ने क्यालोरीलगायतलाई आधार मानेर ४० देखि ४५ प्रतिशतसम्म रासनभत्ता वृद्धि गर्नुपर्ने बताएको छ ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले ४ वर्षअघिकै मूल्यअनुसार रासन उपलव्ध हुने गरेको र यसमा समायोजन हुनुपर्ने प्रस्ताव राखिएको बताए ।
गृह मन्त्रालयले सुरक्षा निकायको रासन पुनरावलोकन गर्न व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा साउन १५ गते अर्थ मन्त्रालय, सेना, सशस्त्र र नेपाल प्रहरीका अधिकारी सम्मिलित कार्यदल गठन गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS