काठमाण्डौं– कामना सेवा विकास बैंक लिमिटेड र सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकान्स्योरेन्स सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र सुर्या लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्ष्ँर गरे ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले ६३ वटै शाखाहरुबाट सहज रुपमा सुर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS