काठमाडौं,बैशाख १८ -थर्मल गन कालोबजारी गरेको कसुरमा पक्राउ परेका शंकर समुहका सुलभ अग्रवाल विरुद्धको मुद्दामा आज पनि थप थुनछेक बहस हुँदैछ ।
बुधबार भएको थुनछेक बहस नसकिएपछि आज थप बहस हुने भएको हो । आजै बहस सकिएमा मुद्दाको छिनोफानो हुने बताइएको छ । अग्रवालको पक्षमा बहसका लागि करिब १ दर्जन वकिलहरु रहेकाले थुनछेक बहस लम्बिएको हो ।
आजको बहसपछि अग्रवाललाई थुनामा राख्ने किन धरौटी वा तारिखमा छोड्ने भनेर आदेश जारी हुनेछ । जिल्ला वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध बिभिन्न ४ कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीमाथि कालोबजारी, अवैध भण्डारण, कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोगमा अभियोग छ ।
यो मुद्दा न्यायाधीस ब्रजेशकुमार प्याकुरेलको इजलाशमा रहेको छ । अग्रवालविरुद्ध ३ बर्ष कैद र १५ लाख ७८ हजार बिगो मागदानी गरिएको छ ।
३ हजार पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजारमा विक्री गरिरहेको अवस्थामा उनलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो।
FACEBOOK COMMENTS