काठमाडौं, फागुन ७ – सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘सूर्या चौरासी पुजा’ नामक नयाँ बीमा योजना बजारमा ल्याएको छ । दिर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ आज एक कार्यक्रमकाबिच इन्स्योरेन्सले यो योजना बजारमा ल्याएको हो । बीमा योजनाको शुभारम्भ शताब्दी पुरुष सत्यमोहन जोशीले उद्घाटन गरेका हुन् ।
यस योजनामा बीमीतको उमेर चौरासी वर्ष पुग्दासम्म रक्षावरण गर्ने छ भने ‘सूर्या चौरासी पुजा’ बीमा योजनाले बीमाङ्कको २५० प्रतिशत सम्म बीमा कभर पर्दान गर्ने छ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नुका साथै सो पश्चात निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सन समेत प्राप्त हुनेछ ।
अन्नततः बीमितको उमेर ८३ पुरा भइ ८४मा प्रवेश गर्दा बीमितलाई बीमाङ्कको १५० प्रतिशत रकम बिमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् ।
‘सूर्या चौरासी पुजा’ बीमा योजना १६ वर्ष देखी ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखी ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधीका लागि खरीद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैया बीमाङ्कक तोकिएको सो बीमा योजना एकल भुक्तानी तरिकामा समेत उपलब्ध रहेको छ, भने बीमा प्रारम्भको दुई वर्षपछि बीमा अवधीभर बीमा सर्मपण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS