काठमाडौं, कार्तिक २६ – सूर्या लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २५ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ को मुनाफाबाट वितरण गरिने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनी सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ५.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।
प्रस्तावित लाभांश बिमा समितिको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
हाल कम्पनीको चुक्ता पुँजी दुई अर्ब १५ करोड ५१ लाख रुपैयाँ छ ।
FACEBOOK COMMENTS