काठमाडौं, फागुन २२ – सेञ्चुरी कमर्सियल बैंकले आफ्नो नवौं वार्षिक साधारणसभा (एजीएम) कोलागि आगामी चैत १४ गतेलाई मिति तोकेको छ । बैंकको साधरण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे शुरु हुनेछ ।
सभामा जाने प्रयोजनको लागि फागुन ३० गते बैंकको सेयर कारोबार बन्द गर्ने निर्णय भएको छ । सो निर्णय फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैंकले साधरण सभामा गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई घोषणा गरेको ६।७५ लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । बैंकले आर्थिक वर्षको नाफाबाट २ प्रतिशत बोनस र ४।७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ नाघ्ने छ ।
FACEBOOK COMMENTS