काठमाडौं, कात्तिक ३ – सेञ्चुरी बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । उक्त कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर विक्री गर्न चाहेकाले सूचना प्रकाशित गरिएको कम्पनीले बताएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार संस्थापक शेयर खरीदका लागि पहिलो हक साविकका संस्थापक शेयरधनीहरु हुने भएकाले खरीद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् ।