काठमाडौं – सरकारले एनालग प्रविधिलाई पूर्णरूपमा बन्द गर्ने निर्णय गरेसँगै सेट–टप बक्सको आयात अत्यधिक बढेको छ ।
टेलिभिजन हेर्न प्रयोग हुने सेट–टप बक्स आयातका लागि थुप्रै कम्पनीले प्रतीतपत्र खोलेका छन् ।
२०७२ सालभित्रै टेलिभिजनको एनालग प्रविधिलाई बन्द गर्ने भनिए तापनि विविध समस्याका कारण बन्द हुन सकेको थिएन ।
तर, २०७५ वैशाख १५ गतेदेखि भने एनालग प्रविधि पूर्णरूपमा बन्द भई डिजिटलाइजेशनमा रूपान्तरण भएको छ । अन्तरराष्ट्रिय दूरसञ्चार युनियनले संसारबाटै टेलिभिजनको एनालग प्रविधिलाई विस्थापित गरेर डिजिटलमा जान निर्देशन दिएसँगै नेपालमा पनि सो व्यवस्था लागू भएको हो ।
डिजिटलाइजेशनको व्यवस्था लागू भएपछि केबल टिभी अपरेटरले आप्mना सबै उपकरणलाई डिजिटलाइज गर्नुपर्ने भएको छ । साथै ग्राहकले अनिवार्य रूपमा आप्फ्नो घरमा सेट–टप बक्स जडान गर्नुपर्ने भएको छ ।
नेपालले आयात गर्ने सेट–टप बक्सको प्रमुख केन्द्र भने चीन रहेको छ ।
FACEBOOK COMMENTS