काठमाडौँ — सरकारले लकडाउन खुकुलो बनाए पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजीबजार सञ्चालन अझै अन्योलमा छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले बजार सञ्चालनको निर्णय गर्न नसक्दा अन्योल बढेको हो ।
लकडाउन अवधिभर बजार नखोल्ने धितोपत्र बोर्डको यसअघिको निर्देशनका आधारमा नेप्सेले आइतबार पनि बजार नखोल्ने निर्णय गरेको छ । शनिबार बसेको नेप्से सञ्चालक समिति बैठकले धितोपत्र बोर्डको अर्को निर्देशन नआउँदासम्म बजार नखोल्ने निर्णय गरेको हो । नेप्से र सेबोनले तदारुकता नदेखाउँदा लाखौं लगानीकर्ताले सेयर किनबेच गर्न पाएका छैनन् । सरकारलाई पनि करबापतको करोडौं रुपैयाँ गुमेको छ ।
सेबोनले भने राष्ट्र बैंकले गर्नुपर्ने केही नीतिगत व्यवस्था नहुँदा तत्काल बजार सञ्चालन गर्न नसकिएको बताएको छ । ‘बजार स्वतन्त्र रूपले खोल्न केही नीतिगत व्यवस्था गर्ने काम भइरहेको छ,’ सेबोन अध्यक्ष भीष्मराज ढुंगानाले भने, ‘केही व्यवस्थाका लागि राष्ट्र बैंकलाई पनि आग्रह गरेका छौं । ती व्यवस्था भएलगत्तै बजार खोल्ने निर्णय गर्छौं ।’ यद्यपि आइतबार सेबोन सञ्चालक समितिले बजार सञ्चालन सम्बन्धमा छलफल गर्ने पनि उनले बताए ।
आईपीएस कनेक्टमा हाल रहेको १० लाख रुपैयाँको कारोबार सीमा पुँजीबजारका लागि हटाउन वा बढाउन र सेयर धितो कर्जामा हालको ६५ प्रतिशतको सीमा बढाएर ७५ प्रतिशत पुर्याउन राष्ट्र बैंकलाई आग्रह गरिएको ढुंगानाले जानकारी दिए । लगानीकर्ताले सेयर कारोबारमा तिर्नुपर्ने ५ प्रतिशत कर टीडीएस हो वा अन्तिम कर हो भन्नेबारे अन्योल छ । यसकारण लगानीकर्ताले यसलाई अन्तिम करका रूपमा व्याख्या गरिदिन आग्रह गरेका छन् । यसबारे सेबोन र आन्तरिक राजस्व विभागबीच छलफल पनि भएको छ । पाँच प्रतिशत पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्याख्या गर्न विभाग तयार भएको र एकरदुई दिनभित्रै सूचना जारी हुने उनले बताए ।
सेबोनको आग्रहअनुसार तत्काल नीतिगत व्यवस्था गर्न नसकिने राष्ट्र बैंक स्रोतले बताएको छ । तर, सेबोनले भने राष्ट्र बैंककै कारणले बजार खोल्न नसकिएको बताएको छ । ‘राष्ट्र बैंकले नीतिगत व्यवस्था नगरिदिँदा बजार खोल्न सकिएन,’ बोर्ड स्रोतले भन्यो, ‘ती व्यवस्था नगरी बजार खोल्दा क्र्यास हुन सक्ने सम्भावना छ । यस्तै अवस्थामा बजार खोल्दा नराम्रो परिणाम भयो भने त्यसको जिम्मेवार राष्ट्र बैंक हुनुपर्छ ।’ ती नीतिगत व्यवस्था गर्न दुई महिनादेखि राष्ट्र बैंकलाई आग्रह गरिए पनि अझै नहुँदा समस्या भएको स्रोतले बतायो । ‘धेरै दबाब पर्यो भने छिटोमा आउँदो मंगलबार, बुधबारदेखि मात्र बजार खुल्न सक्छ,’ स्रोतले भन्यो, ‘नत्र अर्को सातादेखि मात्र ।’
जानकारहरू भने सेबोनले बहाना बनाएर बजार सञ्चालनमा ढिलाइ गरेको आरोप लगाउँछन् । बोर्डले उठाएको आईपीएस कनेक्टमा कारोबार १० लाखको सीमा नराख्ने र सेयर धितो कर्जामा ऋण लिन पाउने सीमा बढाउने कुराले तत्काल बजारमा केही असर नपर्ने एक विज्ञले बताए । ‘सेबोनले आफ्नो कमजोरी लुकाउन राष्ट्र बैंकलाई आरोप लगाइरहेको छ,’ ती अधिकारीले भने, ‘अहिले बजार खोल्दा नेप्से परिसूचक धेरैले घट्ला र फेरि अर्को आपत् आइलाग्ला भन्ने पीर सेबोनलाई छ ।’
सेयर बजार खोल्ने वा नखोल्ने विषयमा भने सेबोनले गत आइतबार लगानीकर्तासँग छलफल गरेको थियो । उनीहरूले यथास्थितिमा बजार नखोल्ने सुझाव दिएका छन् । लकडाउनले लगानीकर्ताको मनोबल खस्किएकाले प्रोत्साहन गर्न कारोबार शुल्क घटाउने, मार्जिन कलको सीमा बढाउने, अनलाइन कारोबार प्रभावकारी बनाउने माग उनीहरूको छ । यही बहानामा बोर्डले ढिलाइ गरेको जानकारहरूको आरोप छ ।
चैत ११ देखि बन्द भएको बजार ५१ दिनपछि गत वैशाख ३० र ३१ मा दुई दिन बजार सञ्चालन गरिएको थियो । सरकारले उत्पादनमूलक उद्योग व्यवसाय सञ्चालन गर्न दिने भएपछि धितोपत्र बोर्डले पनि कारोबार अवधि घटाएर दैनिक २ घण्टा बजार खोलेको थियो । दुवै दिन बजार घटेपछि कोरोनाको सन्त्रास देखाउँदै पुनस् बन्द गरिएको थियो । संक्रमणकालीन अवस्था भन्दै त्यति बेला साविकको कारोबार अवधि घटाएर दैनिक २ घण्टा ९११ देखि १ सम्म० बजार सञ्चालन गरिएको थियो । सामान्य अवस्थामा दैनिक ५ घण्टा ९११ देखि ४ बजेसम्म० सञ्चालन हुँदै आएको थियो ।
FACEBOOK COMMENTS