काठमाडौं,फागुन २७ – नेप्से परिसूचक ६ प्रतिशतभन्दा धेरै घटेसंगै शेयर बजारमा आजको कारोबार रोकिएको छ । दोस्रो घण्टामा बजार ५ प्रतिशतले घटेपछि ४० मिनेट कारोबार स्थगित गरिएको थियो । त्यसपछि खुलेको बजार ३ मिनेट पनि नपुग्दै थप १ प्रतिशतले घटेपछि कारोबार नै बन्द भएको हो ।
मंगलवार नेप्से परिसूचक ८६।३९ अंकले घटेर १ हजार ३ सय ४९।३१ अंकमा झरेको छ । आज १ सय ६१ कम्पनीको २७ लाख ३५ हजार ४ सय १८ कित्ता शेयर ९ हजार २ सय ३९ पटक किनबेच हुँदा १ अर्ब ७ करोड ६६ लाख ९६ हजार ३०० रुपैयाँको कारोबार भयो ।
FACEBOOK COMMENTS