काठमाडौं, भाद्र २९ -सौंन्दर्यकला ब्यवसायी संघले मंगलवार माईतिघर मण्डला र देशै भर विरोध प्रदशन गर्ने भएको छ ।
संघकी केन्द्रिय अध्यक्ष कमला श्रेष्ठले संघले सरकारका सबै निकायको ध्यानाकर्सण गराउदा पनि सुनुवाई नभएकोले सामाजिक दुरी कायम गर्दै शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न लागेको बताईन् । राज्य पक्षले संघले पटक पटक राख्दै आएको माग एवम् आग्रहलाई टाल्दै आएकाले खबरदारी स्वरुप शान्तीपूर्ण आन्दोलनको साहारा लिन लागेको श्रेष्ठले स्पस्ट पारिन् ।
‘ब्युटी पार्लर पनि यौटा हेल्थकै अंग भएकोले हस्पीटल जतिकै सजकता अपनाएको हुने र संघले कोभिडसंग कसरी सतर्कता अपनाउने भनेर कार्य विधि समेत दिइसक्दा पनि लाखौ दिदी बहिनी सम्मेलित ब्यवसायलाई सरकारले पलायन गर्न खोजेको छ’ उनले आक्रोशित हुँदै भनिन ।
६ महिनासम्म घर भाडा,कर्मचारीको तलब धान्न मुश्किल परेकोले अब उप्रान्त पनि सरकारले व्यवसाय संचालनमा रोक लगाई राखे झन जटील अवस्था आउने समेत श्रेष्ठले बताईन ।
FACEBOOK COMMENTS