-यशु थापा
आज मैले गोमाको सबै कुरा सुन्नु छ । उनी आफ्नो परीवारको कुरा बिस्तारै मलाई भन्दै मन हलुड्गो बनाउदै छन् । मलाई अली अली याँद छ, मेरो बुवाले कान्छी आमा घरमा भित्राएको दिन , तो पनी मेरै आमाको हाँतबाट , मेरी आमा तिमी साक्षात देवी हौ जसले आफ्नै सौता आफ्नै हातले भित्र हुल्यौ।हामी तीन छोरीका वाबुलाई कान्छी ल्याउने रहर , छोरा नपाएको निउ निकाल्दै सधै मेरी आमालाई दिएको यातना कसरी सहने । यातना सहन नसकेर मेरी आमाले बुवाकोे आग्रहको स्विकार गर्न बाध्य हुनु भयो । मान्छे सबैलाई आफ्नो शरीरको माया हुँदो रहेछ , चोट र यातना कती सहनु । आखिर एक दिन बुबाले अर्की आमा भित्राउनु भयो , हामी केटा केटी थियौ । हामीलाई के थाहा सौतनी आमा के हो रु हामीलाई खुसी नै लाग्यो । बिस्तारै हाम्रो घरमा सबै परिवर्तन हुँदै गयो । बुवा हामीसंग टाढा हुँदै जानु भयो । एक दिन बुबाले आमालाई नराम्रो संग पिट्नु भयो , मेरी दिदी खुब रूनु भयो । हामी पनी सगै रौयौ ।आमाको शरीर भरी निल डाम थियो । बुबा सधै तेरा छोरीहरू लिएर छुट्टै बस भन्नु हुन्थ्यो । कान्छी आमा बुवालाई सधै छुट्टै बस् नत्र छोडेर जान्छु भन्नु हुन्थ्यो । एक दिन हाम्रो घरमा सानो भाई जन्मियो त्यसपछी झन् बुबा र मेरो सानो आमाको अत्याचार बड्दै गयो ।
बाहिर काममा मेरी आमा सधै व्यस्त र भित्र सबै सानो आमाको हाँत हुन्थ्यो । सानो आमाको अत्याचार दिन प्रती दिन बड्दै गई रहेको थियो । हामीले खाना समेत मागेर खानु पर्थ्यो ।
सानो आमाले यस्तो हत्याचार गर्दा पनी बुबाले केही भन्नु हुन्थेन । बुबा यसरी बदल्नु हुन्छ भनेर हामीले कहिले सोचेनौ, घरमा सबै चिज परिवर्तन भयो । हरेक चिजमा कान्छी आमाको आज्ञा लिनु पर्न,े थोरै गल्ती भए घरमा आगो बल्थ्यो, तिन छोरी र जेठी भन्दा बुबालाई छोरा र कान्छी श्रीमती प्यारो । बुबा अन्धो हुदै जानु भयो । हामी टाढा हुदै गयौं बुवाको माया कान्छी आमा र भाई प्रति बड्दै जान थाल्यो । जती बुबा हामीसंग टाढा हुनुहुन्थ्यो सानो ममी त्यति नै ल खुसी बन्नुहुन्थ्यो । हामी संगको नजिक त के बुबा बोलेको पनी उहाँ लाई मन पर्ने थिएन ।भाई बुबा संग खेल्दा हामी टाढा बाँट हेरी रहन्थ्यौ , हामी नजिक जान् समेत उहालाई मन पर्नी थिएन । हाम्रो खुसी आमाको हाँसो सबै सबै बाबाकी कान्छी हाम्री सौतनी आमाले लिएर गईन ।
आखीर सौतनें आमा आमा कहिले भनिन् ।हाम्रो परिवार बिस्तारै चर्कीदै गयो । फुट्न मात्र बाँकी थियो । आज त्यो पनी फुट्यो । हामी तीन दिदी बहिनी र आमा छुट्टै बस्छौं । बुवा र हाम्रा बाबाकी कान्छी अर्थात सौतनी आमा छुट्टै बस्छन् । बुबाले मानो र छानो पनी ,आफ्नै मन जस्तै छुट्टाई दिनु भयो उता धेरै यता थोरै , हामीलाई खान पनी राम्रो संग पुग्दैन ।उता पुगेर पनि धेरै हुन्छ , श्रीमतीको माया बाडिए पनी , छोरा छोरीको माया कसरी बाडीन्छ । गोमा प्रत्येक चोटी मलाई प्रश्न गर्थी ।
गोमाको कुराले मेरो आखा रसायो । मन मनै सोच्न बाध्य भए केटीको मान्छेको शत्रु महिला या पुरूष ।
FACEBOOK COMMENTS