काठमाडौं, भाद्र ३० – सौन्दर्य कला ब्यवसाय संघले माईतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । सौन्दर्य कला व्यवसाय अन्तर्गतका व्युटी पार्लर र हेयर शैलुनहरु चैत्र ११ गते यता पूर्ण रुपमा प्रभावित बन्दै आएपछी यसलाई खोल्न दिने माग सहित प्रदशनमा उत्रेको संघकी अध्यक्ष कमला श्रेष्ठले बताईन् ।
सौन्दर्य कला व्यवसायीहरु र यस व्यवसायमा आश्रित श्रमिक वर्गलाई दैनिकी गुजार्न समेत मुश्किल परिरहेको र सर सापट, घरका गहना राखि ऋृण लिएर स्वरोजगारमुखी व्यवसाय संचालन गर्दै आएका तमाम दिदि बहिनीहरु घर भाडा, व्याज, ऋृणको किस्ता, कर्मचारीलाई तलब जस्ता दायित्व निर्वाह गर्न वाध्य राज्यले बनाउदै गएकोले सरकारले अव पनि केहि नगर्ने हो भने देश ब्यापी आन्दोलनमा उत्रने समेत जानकारी श्रेष्ठले दिइन् । सो धर्ना कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघले समेत समर्थन गरेको छ । धर्नामा महासंघका बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठले सहभागीता जनाएका थिए ।
FACEBOOK COMMENTS