काठमाडौँ, भदौ ३१ – सरकारले असोज १ गतेदेखि होटल खोल्न दिने निर्णय गरेसँगै सौरहाका व्यवसायीले तयारी थालेका हुन् । गएको चैत ११ गतेदेखि बन्द भएका होटल साउन १५ गते खुलेका भए पनि त्यही महिनाको २८ गतेदेखि फेरि बन्द भएका थिए ।
क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष दीपक भट्टराईका अनुसार सरकारले होटल सञ्चालन गर्न दिने भएसँगै बुधबारदेखि तयारी थालिएको छ । कर्मचारी बोलाएर होटलले सरसफाइसँगै आवश्यक व्यवस्थापन गर्न थालेको उहाँले जानकारी दिनुभयो । होटल मात्र खुलेर नहुने भएकाले पर्यटकीय गतिविधिका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रशासनसँग अनुमतिका लागि अनुरोध गरिएको उहाँको भनाइ छ ।
सौराहामा एक सय १० होटल छन् । यसैगरी साना ठूला एक सय हाराहारीका रेस्टुरेन्ट छन् । सौरहामा होटलमा प्रत्यक्षरुपमा पाँच हजार पाँच सयभन्दा धेरै कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।
FACEBOOK COMMENTS