काठमाण्डौँ — चितवनको सौराहामा रहेको जंगल सफारी लजले आन्तरिक पर्यटक लक्षित गरी ‘यसपालीको दशैं तिहार चितवनमा’ योजना ल्याएको छ।
असोज १५ देखि कात्तिक मसान्तसम्म लागु हुने योजनामा पर्यटकले ६ हजार ९ सय ९९ रुपैयाँमा दुई रात तीन दिनको सौराहा प्याकेजमा घुम्न पाउनेछन्।
‘प्याकेजमा सहभागी हुनेले लन्च, डिनर र ब्रेकफास्ट सहित सम्पुर्ण सफारी गर्न पाउने लजका कार्यकारी निर्देशक सुमन घिमिरेले बताए ।
उनका अनुसार पर्यटकले प्याकेजमा खाना अलावा जीप सफारी, डुँगा सयर, हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन्।
‘सहुलियत मुल्यमा पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाका अन्य गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ।
जंगल सफारी लजले विभिन्न सभा गोष्ठीका लागि सेमिनार हलमा समेत यो अवधि भर छुट दिने बताएको छ
FACEBOOK COMMENTS