०३ बैशाख – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले स्थानिय तहहरुलाई पनि खाद्यान्न दिदै आएको कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले जनाएकी छिन् । संचारकर्मीहरुसँग बोल्दै प्रमुख कार्यकारी श्रेष्ठले भनिन् ‘स्थानिय तहले पनि राहतका लागि खाद्यान्न लगेका छन् । ललितपुर महानगरपालिकाका २९ वटै वडा, किर्तिपुरका सम्पूर्ण वडा, काठमाडौं महानगरपालिकाका अधिकांश वडाहरुका लागि यहाँबाट पनि सामान उठाउनु भएको छ । बुढानिलकण्ठ र चन्द्रागिरीबाट पनि बुझ्न आउनु भएको छ, गत विहिवार र शुक्रबार यहाँ (कालिमाटी) त निकै भिड भा’को महशुश भयो, राहतका लागि भनेर आउने मोटरहरुको लाम पनि निकै लामो थियो ।’ ‘अहिले अलि होलो भा’छ, उपत्यका बाहिर चाहि राहतका लागि भनेर अधिकांश ठाउँमा नुन र चिनी लग्नु भा’ छ ।
त्यस्तै बिक्री कार्यलाई ब्यवस्थित तुल्याउने हेतुले हामीले उपत्यका स्थित पाँच स्थानमा बिक्री कक्ष संचालनमा गरिरहेका छौ भने उपत्यकामा ३ वटा मोबाइल भ्यान परिचालन गरिएको छ, चितवनमा खुद्रा पसल संचालित छ भने देशैभर जति पनि हाम्रा कार्यालय र डिपोहरु छन् – सो स्थानहरु मध्ये सम्पूर्ण स्थानबाट सर्वसाधारण समेतलाई नुन बिक्री गर्दै आएका छौ भने संभव रहेका स्थानमा चिनी पनि बिक्री गर्दै आएको साथै कैलालीको धनगढीमा चाहि नगरपालिका स्वयले मोटरको ब्यवस्था मिलाएकाले घुम्ती सेवा मार्फत पनि खाद्यान्न बिक्री गर्न थालिएको छ’ – उनले भनिन् । लकडाउन लम्बिदै जाँदा नुन र चिनीको अभाव हुन्छ कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको प्रस्ट पार्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भनिन् ‘नौ देखी दश महिनासम्मलाई पुग्ने नुनको मौज्दात हामीले राखेका छौ, चिनीको हकमा राहतका लागि एकै चोटी बढि परिणाम लैरहनु भएको छ, तसर्थ अहिलेको परिस्थितीलाई हेर्दा घरायसी प्रयोजनका लागि करिब एक डेढ महिनालाई पुग्ने मौज्दात हामीसँग छ, त्यस बाहेक अघिपछि पनि हाम्रो नियमित स्टलसम्म आउनु हुने हाम्रा नियमित ग्राहक र सबै त होईन अन्य सिमित महानुभावको माग धान्ने गरि अझ भनौ एक डेढ महिनासम्मका लागि चामल, तेल, गेडागुडी, चियापत्ती आदी वस्तुहरु हामी दिन सक्छौ, साथै ग्यासको पनि समस्या छैन ।’ र अर्को कुरा आयातमा अवरोध नभएका कारण सामान आउने क्रम पनि जारी छ, त्यसैले त्यस्तो अप्ठयारो पर्दैन भन्ने हाम्रो बुझाई छ ।’ तर चाही मजदुर अभावका कारण लोड अनलोडमा आँशिक समस्या देखिकाले केही खाद्यान्नहरु आउन धेरै त होईन थोरै समय ढिला हुने गरेको छ, भनौ न सरसर्ती हेर्दा यो पनि सामान्य अवस्था नै हो ।
‘ श्रेष्ठले नुन र चिनीको बजार माग अत्याधिक रहेको जानकारी दिदै नुनको खुद्रा मुल्य प्रति केजी २० रुपैया र चिनी प्रति केजी ७३ रुपैया रहेको पनि उनले स्पस्ट पारिन् । त्यसैगरि, कर्पोरेशनका विभागिय प्रबन्धक पंकज जोशीले मोबाईल भ्यान मार्फत प्रवाह हुँदै आएको सेवा बारे जानकारी भने ‘दैनिक ३ वटा मोबाईल भ्यान मार्फत उपत्यका स्थित नौ दश स्थानसम्म पुगी कर्पोरेशनले खाद्यान्न बिक्री गर्दै आएको छ, हालसम्म भित्री शहरी बस्ती क्षेत्र देखी लिएर काठ क्षेत्रसम्म गरि करिब एक सय साठि सत्तरी टोल छिमेकसम्म पुगिसकेको छ, यो निरन्तर जारी रहन्छ । हामीले मोबाईल भ्यान मार्फत नुन, चिनी, आटा, मैदा, चामल, सेनिटाईजर लगायतका अत्यावश्यकिय सामाग्रीहरु बिक्री गरेको छौ, साथै, केही दिन यताबाट इन्डक्सन चुलो पनि बिक्री गर्न थालिएको छ ।’ ‘बजार माग र पकेट क्षेत्रको आधारमा स्थान छनौट गर्ने गरिएको छ’ उनले भने । साथै, कर्पोरेशनबाट स्थानिय तह बाहेक पनि चेम्बर अफ कमर्श, उद्योग वाणिज्य संघ र अन्य संघ संस्थाहरुले राहतका लागि भनेर खाद्य सामाग्री लगेको जानकारी जोशीले दिए ।
प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालको जटिल परिस्थितीको गाम्भिर्यतालाई मनन गर्दै अत्यावश्यक सामाग्री खरिदका क्रममा सामाजिक दुरी कायम राख्न आम उपभोक्ता वर्गमा आग्रह गर्नुका साथै आफूलाई आवश्यक पर्ने अत्यावश्यक सामाग्रीको लागि कर्पोरेशनलाई खबर गरेको अवस्थामा घर टोलसम्म सामाग्री पुर्याउने जिम्मेवारी साल्ट ट्रेडिङले पुरा गर्ने समेत बताईन् ।
FACEBOOK COMMENTS