काठमाण्डौं– केन्द्र सरकारले स्थानीय तहका लागि पठाउने पैसालाई वाणिज्य बैंकहरुले निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गरिने तयारी भैरहेको छ।
लगानीयोग्य रकमको अभाव चर्किँदै गएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। हाल स्थानीय तहमा पठाउने रकम राष्ट्र बैंकले नै संचित गर्दैै आएको छ।
अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच छलफल भइरहेको बताइएको छ ।
‘स्थानीय तहको बजेट निक्षेपका रुपमा जम्मा गर्न दिँदा पर्न सक्ने असरबारे विस्तृतमा अध्ययन भइरहेको छ, ति विषयको टुंगो लगाएपछि मात्रै औपचारिक रुपमा यो निर्णय हुने हो’ स्रोतको भनाई छ ।
अहिले स्थानीय तहका लागि करिब ९० अर्ब रुपैयाँ रकम जम्मा भएको छ। अर्थात यो व्यवस्था लागू भएमा हाल बैंकहरुका लागि करिब ९० अर्ब रुपैयाँ लगानीयोग्य रकम जुट्नेछ।
हाल स्थानीय तहका लागि छुट्याएको रकम राष्ट्र बैंकले नै संचित गर्दा ग्रामीण क्षेत्रमा शाखा खोलेर पनि रकम परिचालन गर्न नपाएको गुनासो बैंकरले गर्दै आएका छन्।
FACEBOOK COMMENTS