स्याङजा – स्याङ्जामा बिहीबार बिहान ९ जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित थपिएसँगै जिल्लामा संक्रमितको संख्या ७३ पुगेको छ ।
आँधीखोला गाँउपालिकाका ६ जना र कालीगण्डकी गाउँपालिकाका ५ जनामा पिसिआर रिपोर्ट पोजिटिभ देखिएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ ।
आँधीखोलाका २ महिला र ४ जना पुरुषमा र कालीगण्डकीका ५ जना पुरुषमा संक्रमण पुष्टी भएको हो । आँधीखोलाका ७२ र ३४ वर्षीया महिला तथा १३ र १९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
कालीगण्डकीका २१, ३३, २६, ३० र १८ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए । योसँगै जिल्लामा संक्रमितको संख्या ७३ पुगेको छ ।
यसअघि, संक्रमित भएका मध्ये ७ जना निको भएर घर फर्केका छन् । एकको निधन भएको छ । कालिका अस्पतालको आइसोलेसनमा ५० र गल्याङ नगर अस्पतालकोमा ४ जना उपचाररत छन् भने २ जना पोखरामा छन् ।
बिहीबार थपिएका ९ संक्रमितलाई कालिका सामुदायिक अस्पताल र गल्याङ नगर अस्पतालमा राख्ने बारे छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।
FACEBOOK COMMENTS