काठमाडौं, भदौ १९ –स्वयम्भुमा ग्याङ्गफाइट हुँदा ४ जना घाइते भएका छन् । गतराति ढुङ्गेधारा र रानीवन बस्ने दुई समूहबीच रानीवनमा झडप भएको थियो ।
ग्याङ्गफाइट हुँदा ३० वर्षका सुदीप रानामगर, २४ वर्षका सुरज रानामगर, २७ वर्षका नवराज रानामगर र सुरज थापामगर घाइते भएका छन् । उनीहरुको स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
झगडा गर्ने दुईजना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएका दुईजनालाई मनमोहन अस्पतालमा मेडिकल गर्न लैजाँदा पुनः अस्पतालमा पनि झडप भएको थियो ।
FACEBOOK COMMENTS