काठमाडौं, ०५ फाल्गुण – नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन कर्मचारी प्रतिष्ठान शाखाले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको १३ औ दिनको पुण्य तिथी पारेर श्रद्धान्जली सभाको आयोजना गरेको छ । नेपाल टेलिभिजन परिसरमा आयोजित सा श्रद्धान्जली सभा माझ शर्माको ब्यक्तित्व बारे चर्चा गरिनुका साथै उनको मृतआत्माको शान्तीको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको थियो । श्रद्धान्जली सभा माझ बोल्दै नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले आफुले पनि शर्माबाट प्रशिक्षण लिएको स्मरण गर्दै पत्रकारीतासँगसंगै मिडिया निती निर्माणमा शर्माले पुर्याएको योगदान अतुलनिय रहेको बताए । साथै उनले शर्मा एक अनुकरणिय ब्यक्तित्व रहेको भन्दै उनको कार्यशैलीको प्रशंशा समेत गरे ।
कार्यक्रम माझ नेपाल टेलिभिजनका निमित्त महाप्रवन्धक बिष्णुराम न्यौपानेले स्वर्गिय शर्मा पेशागत रुपमा परिपक्व र सरल स्वभावको रहेको स्मरण गर्दै एक कुशल मार्गदर्शक रहेको धारणा राखे । समाचार महाशाखा प्रमुख राजु सिलवालले शर्माको ब्यक्तित्व बारे चर्चा गर्दै उनको जीवनका घटनाक्रम बारे प्रकाश पारेका थिए । सिलवालले शर्माको निधनबाट आफुले अभिभावक गुमाएको महशुश गरेको पनि बताए । नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन कर्मचारी प्रतिष्ठानका अध्यक्ष निराजन खनालले नेपालको पत्रकारीता जगतले एक होनहार ब्यक्तित्व गुमाएको बताए ।
उक्त शोक सभा माझ नेपाल टेलिभिजन कर्मचारी युनियनका अध्यक्ष सुरेन्द्र बस्नेत एवम् नेपाल टेलिभिजन कर्मचारी संघका सचिव शिव पंगेनीले स्वर्गिय शर्मा एक कुशल ब्यवस्थापकका साथै एक दिग्गज पत्रकार रहेको धारणा राखेका थिए । श्रद्धान्जली सभामा नेपाल टेलिभिजनका उच्च अधिकारी एवम् कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । स्वर्गिय शर्माले नेपाल टेलिभिजनमा दुई कार्यकाल महाप्रबन्धक एवम् संस्थापक समाचार निर्देशकको रुपमा रहदै कार्यभार सम्हालेका थिए ।
FACEBOOK COMMENTS