ललितपुर, २० माघ -ललितपुर वडा स्वास्थ्य कार्यान्वयन समितिको २०औं वार्षिकोत्सव कार्यक्रम सोमबार सम्पन्न भएको छ । कार्यक्रम ललितपुर महानगरपालिका वडा नं ५ स्थित महालक्ष्मीस्थानमा सम्पन्न भएको हो ।कार्यक्रम ललितपुर महानगरपालिका वडा नं ५, वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजक र ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखाको सहयोगमा सम्पन्न भएको हो।ललितपुर महानगरपालिका वडा नं ५ की महिला (वडा) सदस्य तथा वडा स्वास्थ्य कार्यान्वयन समिति–५ का अध्यक्ष शोभादेवी प्रधान श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रम ललितपुर महागरपालिका सामाजिक विकास समिती अध्यक्ष संयोजक दिनेश कार्कीको प्रमुख आतिथ्यता तथा ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठको विशेष आतित्थ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वास्थ्यकर्मी नानीमैया कपालीले स्वागत मन्तव्य राखिन भने जनस्वास्थ्य शाखाका स्वास्थ्यकर्मी रेणु कर्माचार्यले धन्यवाद ज्ञापन गरेकी थिईन् ।समितिको २०औं वार्षिकोत्सव कार्यक्रममा वडा स्वास्थ्य कार्यान्वयन समिति सचिव मनिला थपलियाले वार्षिक प्रगती विवरण प्रस्तुत गरिन भने संस्थाको वार्षिक आयव्यय विवरण वडा नं।५ का सल्लाहकार तथा संस्थाका कोषाध्यक्ष तारक सिंह वस्नेतले पेश गरेका थिए ।
कार्यक्रममा ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाका वरिष्ठ अधिकृत बाबुराजा महर्जन, जनस्वास्थ्य शाखाका सरिता महर्जन, वडा नं। ५ का वडा सदस्यद्धय अशोक श्रेष्ठ, मञ्जु रिजाल, सल्लाहकार तारक सिंह बस्नेत, अधिवक्ता पुरुषोत्तम ढंगाना, माणिरत्न शाक्य, वडा सचिव मुकुन्द रञ्जित, संरक्षक रामेश्वर थापा, श्री महालक्ष्मी टोल विकास समितिका अध्यक्ष रमेश शाक्य, थसिखेल महिला समुहका अध्यक्ष बसन्ती रिजाल, निवर्तमान वडा अध्यक्ष पवन रानामगर, पूर्व उप मेयर केशव खड्का लगायतका प्रबुद्ध व्यक्तित्व एव्. सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रम माझ वक्ताहरुले जनस्वास्थ्य र अनुकुल वातावरणका लागि वडास्तरमा हुँदै आएका कार्यक्रमको प्रशंसा गरेका थिए ।
FACEBOOK COMMENTS