काठमाडौं, वैशाख १९ – हङकङले शनिबारदेखि लागु हुने गरि नेपालसँगका सबै हवाइ उडानलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।नेपालमा कोरोनाभाइरसको नयाँ प्रजाति ब्यापकरुपमा फैलिएको जनाउँदै उक्त रोक लगाइएको जनाइएको छ ।
।हङकङले नेपाललाई उच्च जोखिमपूर्ण मुलुकको रुपमा समेत उल्लेख गरेको छ । हङकङले यसअघि भारत, पाकिस्तान र फिलिपिन्सबाट हुने उडानलाई समेत प्रतिबन्ध लगाइसकेको छ । यी तीन मुलुकको प्रतिबन्ध पनि अनिश्चितकालको लागि रहने जनाइएको छ ।
यसअघि हङकङ पुगेका १३ जना नेपालीमा भाइरस पोजेटिभ देखिएपछि उसले केही समयका लागि नेपालमाथिको उडान प्रतिबन्ध लगाएको थियो । हङकङमा शनिबार पनि स्थानीय संक्रमण शुन्य देखिएको छ भने आयातित संक्रमण ८ भेटिएको उल्लेख छ ।
FACEBOOK COMMENTS