बुटवल – पूर्वपश्चिम राजमार्ग अन्तर्गतको बुटवल–नारायणगढ सडकखण्ड अब ४ लेनको बन्ने भएको छ ।
१७ अर्ब रूपैयाँको लागतमा बन्ने सडकका लागि एशियाली विकास बैंकले ८५ प्रतिशत रकम ऋण उपलब्ध गराउने छ भने बाँकी थप रकम नेपाल सरकारकै हुनेछ ।
बुटवल–नारायणगढ १ सय १४ किलोमिटर सडक बस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार हुनेछ ।
१ सय १४ किलोमिटरमध्ये २८ किलोमिटरमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ ।
चाइना स्टेट कन्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ । सडक निर्माणको अवधि साढे ३ वर्ष तोकिएको छ । नारायणगढ–दाउन्ने ६५ किलोमिटर र दोस्रो प्याकेज दाउन्ने—बुटवल ४९ किलोमिटरमा बन्नेछ ।
आयोजनाको ठेक्का गएको पुस ४ गते भएको थियो यो सडक २०८० साउन २२ गतेसम्म निर्माण सकिसक्नुपर्ने सम्झौतामा उल्लेख छ ।
त्यसपछि २०७४ साउन २१ सम्म मर्मत सम्भार पनि ठेकेदार कम्पनीले नै गर्नेछ । सो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् ।
सडकको डिभाइडरलाई हरियाली बनाइने जनाइएको छ ।
FACEBOOK COMMENTS