काठमाडौं, बैशाख १३- सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडान मे १५ अर्थात् जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।
यसअघि वैशाख १८ गतेसम्मका लागि हवाई सेवामाथि रोक लगाइएको थियो । लकडाउनको बारेमा भने भोलिको मन्त्रिपरिषद्को बैठकले नै निर्णय गर्ने बताइएको छ ।
लकडाउनको प्रभाव र कोरोना रोकथाम तथा नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरुको विषयमा बैठकमा समीक्षा भए पनि समय थप्ने वा खुकुलो बनाउने भन्ने विषयमा केही निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले बताए ।
FACEBOOK COMMENTS