काठमाडौं, जेठ १६ – नेपाल हस्तकला महासंघले सामाजिक उत्तरदायित्व अन्तर्गत परोपकार प्रसुती तथा स्त्रीरोग अस्तपाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठान (पाटन अस्पताल) लाई व्यक्तिगत सुरक्षा (पीपीई) सेट लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
महासंघद्वारा व्यक्तिगत सुरक्षा (पीपीई) सेट लगायत फुट कभर, ग्लोभ्स, सर्जिकल मास्क, फेस शिल्ड र सेनिटाइजर महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्य, वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्य लगायतले परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालकी प्रशासकीय अधिकृत रानु थापालाई, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सागर राजभण्डारी र पाटन अस्पतालका निर्देशक रवि शाक्यलाई हस्तान्तरण गरेको हो ।
साथै महासंघले ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र लुम्बिनी प्रदेश मुख्य मन्त्री कार्यालयमा पनि व्यतिmगत सुरक्षा (पीपीई) सेट लगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाएको छ ।संघले क्षेत्रपाटि निःशुल्क चिकित्सालय र ललितपुर स्थित च्यासल, नागबहाल, पुल्चोकको अक्षोश्वर महा विहार लगायत चाकुपाट १२ वडामा रहेका आइसोलेशन सेन्टरहरूमा पनि विभिन्न स्वास्थ्य सामग्री दिई सहयोग गरिएको जनाएको छ ।
FACEBOOK COMMENTS