काठमाडौं,कार्तिक १८ – बझाङको बुङ्गल नगरपालिका–२ दाडिममा निर्माण भइरहेको कालंगा जलविद्युत आयोजनामा काम गर्ने चारजना कामदार सुरुङभित्रै हराएका छन् ।
कालांगा हाइड्रोपावरको इनलेट सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा कामदार सम्पर्कविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा कर्णबहादुर शाही, महेन्द्रबहादुर शाही, महेन्द्र साउँद, शेरबहादुर धामी छन् । स्थानीय टोलीले उद्धार गर्न नसकेपछि काठमाडौंबाट प्राविधिक टोली झिकाइएको छ ।
आइतबार दिउँसो सुरुङभित्र कामका लागि गएका ६ जना कामदारमध्ये २ जना भने बाहिर निस्किए पनि चार जना हराइरहेको प्रहरीले जनाएको छ ।काठमाडौंबाट गएको उद्धार टोलीले पनि अहिले घटनास्थलमा उनीहरुको उद्दारको प्रयास गरिरहेको छ ।
तर सुरुङ भत्किएकाले समस्या भईरहेको बताइएको छ । ७५ मेगावाट क्षमताको कालंगा हाइड्रोको उक्त सुरुङ आठ सय मिटर लामो छ ।
पाँच बर्षदेखि निर्माण भईरहेकोे सानीगाड हाईड्रो प्रालिले प्रवद्र्घन गर्न लागेको यो आयोजनाको तीन ठाउँमा संरचना निर्माण भैरहेको छ ।
FACEBOOK COMMENTS