काठमाडौं, चैत २३ – कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नेपाली बजारमा चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु भित्र्याएको छ । डिलर र सर्भिस सेन्टर बिस्तार गर्दै कम्पनीले नेपाली बजारमा हाउजे ब्राण्डलाई बिक्री वितरण गरिरहेको छ |
हाउजेले सुजुकीसँगको सहकार्यमा चीनमा हाउजे बाइक उत्पादन गर्दै आएको छ । त्यसैले अन्तर्राष्ट्रिय बजारमा यसको तुलना सुजुकीसँग हुने बताइएको छ । सुजुकीले यही स्पेसिफिकेसनको बाइकलाई डीआर १५० ब्रान्ड नेममा बिक्री गरिरहेको छ । इन्डोनेसिया र अन्य देशमा यी बाइक निकै नै लोकप्रिय छन् । एनके १५० बाइक नेपाली बाटोलाई सुहाउँदो रहेको बताइएको छ। रोड र अफरोड दुवैका लागि यो बाइक राम्रो रहेको कम्पनीले बताएको छ । यसको मूल्य ३ लाख ९५ हजार रुपैयाँ पर्छ । बाइकको फिचर र विशेषता अनुसार धेरै सस्तो मूल्यमा हाउजेका बाइक नेपाली बजारमा उपलब्ध छन्।
रेड, ब्ल्याक र ह्वाइट गरी ३ कलारमा बाइक उपलब्ध छन् । हाउजेको टिआर १५० बाइक तथा भिएस १२५ स्कुटर पनि नेपाली बजारमा उपलब्ध छन् । टिआर १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ पर्छ । इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टस्समेत सर्वसुलभ मूल्यमा उपलब्ध हुने कुरा कम्पनीले बताएको छ ।
FACEBOOK COMMENTS