काठमाडौं, माघ ५ – यहाँको कनकासुन्दरी गाउँपालिका जिल्लाकै दुर्गम पालिका हो । यहाँका नागरिकलाई अत्यावश्यक सरकारी सेवा लिन अहिले पनि बास बसेर सदमुकाम धाउनु पर्ने बाध्यता छ । कनकासुन्दरीका नागरिकलाई विशेषगरी जटिल खालका स्वास्थ्य सेवा लिन ऋण जोहो गरेरै जिल्लामै दौडिनु पर्ने अवस्था छ ।
कनकासुन्दरी–४ का मयालाल सार्कीले भने, “सामान्य विरामी हुँदा पनि सदरमुकाम लिनुपर्छ । खाना बस्न, आउनजानमै औषधि उपचारमा भन्दा बढी खर्च हुन्थ्यो । गाउँमै अस्पताल हुनुपर्ने माग गरिरहेका थियौं ढिलै भए पनि अस्पताल बन्ने थाहा पाएपछि खुसी लाग्यो ।” अहिले कनकासुन्दरीमै अस्पताल निर्माण हुने कुराले मयालाल सार्की मात्र होइन त्यहाँका १४ हजार घरधुरी खुसी छन् । ढिलोमा अबको १÷२ वर्षपछि कनकासुन्दरीका स्थानीयले गाउँमै विशेषज्ञ स्वास्थय सेवा पाउने छन् ।
नागरिकको पीरमर्का बुझ्दै यहाँको कनकासुन्दरी गाउँपालिकाले १५ शैयाको अस्पताल निर्माण प्रक्रियाअघि बढाएको छ । संघीय सरकारको एक र स्थानीय तह एक अस्पताल कार्यक्रमअन्तर्गत कनकासुन्दरीमा १८ करोड ५० लाखको लागतमा १५ शैया अस्पताल निर्माण हुन लागेको छ । कनकासुन्दरीका गाउँपालिका–४ हाडसिंजामा १५ शैया अस्पतालको पालिका अध्यक्ष नरवीर रावतले शिलान्यास गरेसँंगै अस्पताल निर्माण प्रक्रियाअघि बढेको हो ।
अस्पताल निर्माणका लागि २२ जना स्थानीयले ३५ सय वर्गमिटर जगा निःशुल्क दान गरेका छन् । गाउँमै अस्पताल निर्माण हुने भएपछि आफू मरेर गए पनि भावी पिडिलाई सुविधा हुने सोचका साथ जगाा उपलब्ध गराएको जगाा दाताको भनाइ छ । अध्यक्ष नरवीर रावतले भौगोलिक विकटताका कारण कनकासुन्दरीको पहिलो समस्या नै स्वास्थ्य सेवा रहेको बताए । उनले भने, “सामान्य उपचारका लागि सदरमुकाम जानुपर्ने बाध्यताबाट नागरिक आजित भएका थिए । यी समस्या बुझ्दै संीघय सरकारसँंग पहल गरी माथिल्लो कर्णालीका स्थानीय तहमै ठूलो सरकारी अस्पताल निर्माण थालिएको छ ।”
स्वास्थ्य सेवामा पहुँच नपुगेका कनकासुन्दरीका १४ हजार घरधुरी १÷२ वर्षमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने अध्यक्ष रावतको दाबी छ । कुनै समय सिटामोल नपाएर मृत्युवरण गर्नुपर्ने कर्णालीको दुरदराजमा १५ शैया अस्पताल निर्माण गर्नु गौरवको विषय हो । पालिका उपाध्यक्ष उर्मिला खत्री भण्डारीले भनिन, “बहुवर्षीय योजनाका रूपमा निर्माण कार्यलाई द्रुत गतिमा बढाइने छ । गाउँमै स्वास्थ्य सेवा पाउने प्रतीक्षा गरिरहेका नागरिकलाई चाँडै स्वास्थ्य सेवाको पहुँचमा पु¥याउँछौं ढुक्क रहनुहोस् । स्वास्थ्य संरचनासँंगै जनशक्ति र उपकरण पनि सरकारले चाँडै व्यवस्था गर्नेमा उपाध्यक्षले विश्वास दिलाइन् ।
शिलान्यास कार्यक्रममा सहभागीले जहिले दुर्गमको उपनाम पाउने कनकासुन्दरीले अस्पताल निर्माण पश्चात स्वास्थ्य सेवामा सुगमलाई चुनौती दिनेसमेत दाबी गरे । गाउँमै १५ शैयाको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि कनकासुन्दरीका स्थानीय खुसीले मख्ख छन् ।
संघीय सरकारले चालू आवमा ३ सय ९६ वटा स्थानीय तहमा अस्पताल निर्माण कार्य सुरू गरेको छ । जसअन्तर्गत कर्णालीका ४१ स्थानीय तहमा ४२ वटा ५, १० र १५ शैयाका अस्पताल बन्दै छन् भने, जुम्लाको तिलामा १० र कनकासुन्दरीमा १५ शैयाको अस्पताल निर्माण हुन थालेका हुन् ।
FACEBOOK COMMENTS