काठमाडौ । पुतलिसडक स्थित हाम्रो आत्मनिर्भर बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रमुख अतिथी कर्मचारी सञ्चय कोषका कार्यकारी अधिकृत जितेन्द्र धिताल र संस्थाका सञ्चालक समितिका अध्यक्ष चन्द्र खत्रिले उक्त सभाको उद्घाटन गरे ।
सभामा आफ्नो स्वागत मन्तब्य राख्दै अध्यक्ष खत्रिले आत्मनिर्भर सहकारीमा धेरैको विश्वास बढेको बताए । उनले यस सहकारीको नाम रहुन्जेल सबै सदस्यलाई ऋण दिने बताउँदै सहकारीले दिएको उक्त ऋणको सही सदुपयोग गर्न आग्रह पनि गरे ।
सहकारीले समाजमा उल्लेख्य योगदान गरेको भएता पनि केही सहकारीले नियतवस वदमासी गरेको हुनाले सदस्यहरुले सहकारीलाई छानेर विश्वासिलो संस्थामा मात्र कारोवार गर्नु पर्ने अध्यक्ष खत्रिले वताए ।
त्यस्तै उक्त संस्थाका सञ्चालक समितिका सचिव विनोद कुमार श्रेष्ठले सहकारीको वार्षिक प्रतिवेदन पेश गर्दै गत वर्ष वित्तिय सुचकमा राम्रो प्रगति देखिएको बताए । भावि दिनमा सहकारीमा सेयरसदस्यहरुको संङख्या बढाउने, सेयर पुँजीमा बृद्धि गर्ने र अन्य उत्पादनमुखि क्षेत्रमा लगानी बढाउने तथा सामाजिक उत्तरदायित्वका कामहरु तर्फ आफहुरुको ध्यान केन्द्रित भएको जानकारी दिए । उनले सहकारीहरुले अव ठूलो परिणामको नतिजा दिनका लागि सहकारीलाई मर्जरमा लैजान सकिने पनि विचार व्यक्त गरे।
प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७४।०७५ मा १ करोड १२ लाख ८४ हजार ६०० रुपैंया शेयर पूँजी तथा ४ लाख ९५ हजार रुपैंया खुद आम्दानी गरेको छ ।
संस्थाले सधारण सभाको अवसरमा संस्थाले विगतका वर्ष जस्तै यस वर्ष पनि एसइइ परिक्षमा उत्कृष्ट नतिजा ल्याई पास हुने विद्यार्थिलाई सम्मान गरेको छ ।
सभामा कर्मचारी सञ्चय कोषका कार्यकारी अधिकृत जितेन्द्र धिताल र एनआईसी एशिया बैंकका ब्रान्च म्यानेजर धिरज ढुङ्गानाको उपस्थिति रहेको थियो ।
FACEBOOK COMMENTS