हिट्को प्रालि एक परिचत कम्पनी हो । यस कम्पनीले सवारी ग्यारेजका लागि आवश्यक सवै उपकरणको कारोबार गरने गरेको छ । विगत ४४ वर्षदेखि हिट्कोलाई सफल अनि परिचित कम्पनीका रुपमा स्थापित गर्न अहोरात्र खटिएका छन् कम्पनीका प्रवन्ध निर्देशक प्रदिपमान प्रधान । विभिन्न खालका गाडी मोटरसाइकल र अटोमोबाइल्सहरुको वर्कसप मेन्टेन गर्न हिट्कोले ठूलो भुमिका खेलेको छ । हिट्कोले आफ्नो व्यवसाय प्रवद्र्धन गर्न नाडा अटो शो मा सहभागिता जनाउने गरेको छ । नाडा अटो शो २०१९ मा पनि हिट्को सहभागी छ । हिट्को सफल हुनुको कारण र अटो क्षेत्रमा हिट्कोले खेलेको भुमिकाको बारेमा कमला भुसालले कम्पनीका प्रवन्ध निर्देशक प्रदिपमान प्रधानसँग गरेको कुराकानीको सम्पादित अंशः
हिट्को को बारेमा बताइदिनुहोस् न ?
हिट्को २०३२ सालमा स्थापित कम्पनी हो । सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपुर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएको थियो । झण्डै ३५ वर्ष अगाडीदेखि कम्पनीको इन्जिनियरिङ काम गर्न सुरु गरेको हो । यसले एयर कम्प्लेसर बनाउँछ । वर्कसप सम्बन्धि इक्विपमेन्ट गर्छ । तर, अहिले यस मेलामा वर्कसप सम्बन्धि इक्विपमेन्टहरु लिएर आएका छौं ।
अहिलेको अटो शो मा के के इक्विपमेन्ट छन् ?
जति पनि गाडी मोटरसाइकल र अटोमोबाइल्सहरु छन् तिनिहरुकै वर्कसप मेन्टेन गर्नका लागि हाम्रै इक्विपमेन्टहरु राखिएको छ । नाडा अटो शो को १४औँ संस्करण भयो । यो शो सुरु हुनु अगाडी नै जि.एम.ले अटो शो गरेको थियो । त्यस वर्षदेखि नै हरेक वर्ष यस प्रदर्शनीमा सहभागी हुँदै आएका छौंँ ।
अटो शो ले व्यापारमा कतिको सहयोग पुर्याएको छ ?
अटो शो ले हाम्रो व्यापारमा ठूलो सहयोग पुर्याएको छ । यसले गर्दा धेरै अटो क्षेत्रमा मानिसहरु चिन्ने अवसर पनि भएको छ । यस पटक भने ठाउँ सोचेजस्तो राम्रो नभएको हुँदा व्यापार त्यस्तो राम्रो छैन । ठाउँ नभएर स्टल बाहिर राख्नु परेको हुँदा अवलोकनकर्ताको संख्या घटेको छ । अहिले खासगरी गाडी र बाइकमा मान्छेको रुचि बढेको छ ।
अटो शो मा तपाईँले राखेको टायर चेन्जर मेसिन छ, मानिसहरुले यसको प्रयोग कतिको गर्ने गरेका छन ?
पहिलेको तुलनामा अहिले केही बढेको छ । किनभने अहिले रेडियल टायर आयो । यो टायर अलि गाह्रो छ । यस्तो खालको टायर आएको हुनाले यो मेसिनको प्रयोग बढ्दो छ । अर्को कुरा गाडीको पाङ्ग्रामा आल्मुनियमको चक्का हुन्छ त्यसलाई बढि बल प्रयोग गर्दा फुट्ने सम्भावना बढी हुन्छ । त्यो कारणले इक्विकमेन्ट प्रयोग गर्दाखेरी गाडी सुरक्षित हुन्छ । यसले गर्दा कार र रिम पनि बिर्गिदैन । काम पनि छिटो हुन्छ ।
मेसिन हुँदा हुँदै पनि टायर चेन्ज गर्दा मानिसहरु अझैपनि हातले काम गर्छन, यो मेसिनको प्रयोग नगर्नुको कारण के ?
अब भने विस्तारै मेसिनको प्रयोग गर्न सिक्दैछन् । अहिले इलेक्ट्रिक गाडीको लागि पनि टायर चाहिन्छ नै । टायरको व्यापार भने बढ्ने देखिएको छ । त्यसैले गर्दा मेसिनको प्रयोग पनि बढ्दैछ । अव भने इलेक्ट्रिक गाडी आइसकेपछि इन्जिनको काम विस्तारै कम हुने सम्भावना देखिन्छ । यो नेपालमा नयाँ सेग्मेन्ट हो । यसलाई बढाउनका लागि चेतना पनि जगाउनुपर्यो ।
अहिले जति पनि नयाँ प्रविधिका मेसिनहरु छन् यसको प्रयोग गर्ने दक्ष जनशक्तिहरु कतिको छन ?
यसको प्रयोग गर्न त्यति गाह्रो छैन । सुरुमा केही दिन त सिकाउनुपर्छ । हामिले बिक्रि गर्ने बेलामा सिकाएरै बेच्ने गर्छौँ ।
अहिलेसम्म कतिवटा मेसिन बेच्नुभयो ?
अहिले हामीले १०० वटा भन्दा बढी मेसिन बेचिसकेका छौं । सानो सानो टायर शप, बाइक वर्कसप, पञ्चरसपहरुमा यस्तो खालको मेसिन बढी गएको छ ।
यो मेसिनको विशेषता के के छन् ?
मुख्यतया यसले चाँडै टायर खोल्न सकिन्छ, टायर बिगार्दैन । मोटरसाइकल, स्कुटर तथा अन्य विभिन्न किसिमका गाडी र ट्रकका टायर खोल्न सकिन्छ । साथै फिट गर्न पनि एकदमै सजिलो हुन्छ ।
अटो शो मा हिट्कोले कस्ता सुविधा प्रदान गरेको छ ?
अटो शो अवधिभर हरेक सामानमा विशेष छुट प्रदान गरिएको छ । सामान र मूल्य हेरेर कति छुट दिने भन्ने कुरा हुन्छ । किनभने एउटा वर्कसपमा धेरै इक्विपमेन्ट लाग्छ । त्यही इक्विपमेन्टको आधारमा हेरेर छुट दिनेछौंँ । यसपटक १५ प्रतिशत भन्दा बढी छुट दिएका छौं ।
इलेक्ट्रिक सवारी साधनको आयात बढेको छ, इन्जिनको व्यापारमा यसले कतिको प्रभाव पार्ला ?
इलेक्ट्रिक सवारी साधनले टायरकोे व्यापार त बढ्छ । तर, इन्जिनको काम विस्तारै हट्ने र व्यापार भने घट्ने सम्भावना देखिएको छ । यससँगै ब्याट्रिको माग पनि बढ्न सक्छ । त्यसैले हामिले अब ब्याट्रिको सामान पनि ल्याउँदै छौं ।
ब्याट्रिको सामान भन्नाले कस्तो किसिमको सामान हुन्छ ?
ब्याट्रिको सामान भनेको ब्याट्रि चार्जर, ब्याट्रि ह्यान्डलिङ गर्ने सामान लगायत बजारको मागअनुसारका सामान ल्याउने तयारी छ ।
ब्याट्रि पड्किने सम्भावना कतिको हुन्छ ?
पड्किने चान्स त त्यति नहोला तर, सर्ट भएर आगो लाग्ने भने हुन सक्छ । त्यसको लागि अलिकति सेफ्टी हुनुपर्छ ।
FACEBOOK COMMENTS