काठमाण्डौँ — केही दिनदेखिको हिमपातका कारण बन्दभएको रसुवागढी नाकामा यातायात सेवा सञ्चालनमा आएको छ ।
केरुङ्गबाट सामान बोकेर आएको ट्रक तथा कन्टेनर मितेरी पुलबाट बुधबारदेखि नेपाल प्रवेश गर्न थालेको सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्म टिमुरेका गुल्मपती जीवन केसीले बताए ।
बीस ट्रक तथा कन्टेनर चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गरिसेकेको र करीब ६० कन्टेनर मितेरी पुल नजिक चिनियाँँ भू–भागबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
यही माघ ८ गतेदेखि शुरु भएको हिमपातका कारण रसुवागढीदेखि केरुङसम्म चिनियाँँ भू–भागतर्फको राजमार्गमा भारी हिमपात भएकाले सामान आयातका लागि केरुङतर्फ गएको ३०० भन्दाबढी ट्रक कन्टेनर केरुङमा नै रोकिएका छन् ।
— कारोबार
FACEBOOK COMMENTS