काठमाडौं, बैशाख २८ – हिमालयन बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ३१ करोड ७१ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । बैंकले गत आवको चैतसम्म २ अर्ब १ करोड ४० लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
बैंकले आइतबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा सुधार भएको देखिएको छ। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै निष्क्रिय कर्जामा पनि सुधार हुँदा खुद नाफा बढ्न पुगेको देखिन्छ।
आवको तेस्रो त्रैमासमा दुई अर्ब २६ लाख १७ हजार मुनाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा दुई अर्ब ३१ करोड ७१ लाख १४ हजार खुद मुनाफा आर्जन गरेको छ । उक्त अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ८२ करोड ८७ लाख ६३ हजार छ ।
चालू आवको तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ३ अर्ब ८४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ३ अर्ब ८ करोड ६४ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ।
हाल बैंकको चुक्ता पुंजी ९ अर्ब ३७ करोड रहेको छ भने रिजर्भमा ७ अर्ब ९१ करोड रहेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशतबाट घटेर १.११ प्रतिशत पुगेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी ३२.९६, नेट वर्थ १८४.५०, मूल्य आम्दानी अनुपात १५.१७ गुणा, बेस रेट ८.६ प्रतिशत, कोषको लागत ६.४७ प्रतिशत, सिसिडि ७७.०८ प्रतिशत र पुंजी पर्याप्तता अनुपात १.।४२ रहेको छ ।
FACEBOOK COMMENTS