काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी विरुद्ध पाँच विद्यार्थी संगठनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले भित्र कै माधव नेपाल समुह निकट अनेरास्ववियु, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स रद्ध गर्न माग गर्दै उजुरी हालेको बताएका छन् ।
उजुरीमा लाईसेन्स प्रकरणमा संलग्नहरुलाई छानविन र आवश्यक कारवाहीको गर्न माग गरिएको छ । उजुरीमा हिमालयन रिलाई नै लाइसेन्स दिने गरि छनौटका मापदण्ड तयार पारेको र त्यसमा एक अर्ब भन्दा बढी आर्थिक चलखेल गरेको आरोप उजुरीमा रहेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा हिमालयन रिइन्स्यारेन्सका सञ्चालक समिति अध्यक्ष रहेका छन् ।
FACEBOOK COMMENTS