काठमाण्डौं — हिमाली जिल्लामा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको छ।
एकै दिन पाँच हजारभन्दा बढी संख्यामा आन्तरिक पर्यटक हिमाली जिल्ला मुस्ताङ उक्लेका छन्।
यसले हिमाली जिल्लामा भित्रिने गाडीको ताँती लागेको छ।
मोटरबाटो खुलेर यातायात सहज भएपछि आउजाउ पनि बढेको पर्यटन व्यवसायीले बताएका छन्।
यतिबेला पर्यटकीय सिजन पनि परेको र चैते दसैंको औंसीको अवसर परेकाले आन्तरिक पाहुना निकै नै बढी संख्यामा मुस्ताङ पुगेका छन्।
मुस्ताङको कागबेनीमा पितृको श्राद्ध गर्न पुगेका आन्तरिक पाहुनाको कारण भीडभाड भएको छ। त्यसले गर्दा सडकमा सवारीको चाप पनि थपिएको छ।
ट्राफिक कार्यालय मुस्ताङका अनुसार बिहीबार मुस्ताङमा पाँच हजार तीन सय ४० जना आन्तरिक पाहुना पुगेका थिए।
ट्राफिक हबल्दार गेहेन्द्रसिंह सिम्खडाका अनुसार ८५ बस, दुई सय ८५ जिप, २८ ट्रक, ९० पर्यटक जिप, १० वटा ट्याक्सी र ८५ वटा मोटरसाइकलमा ती पाहुना मुस्ताङ पुगेका थिए।
— नागरीक
FACEBOOK COMMENTS