काठमाण्डौं– भारतीय बजारमा हिरोको नयाँ बाइक एक्स–पल्स आगामी डिसेम्बर महिनामा आउने भएको छ ।
हिरोले पहिलो पटक यो बाइक इटालीको मिलानमा सम्पन्न २०१७ ईआईसीएमएमा यसको कन्सेप्ट सार्वजनिक गरेको थियो ।
भारतीय बजारमा हिरो एक्स–पल्सको मूल्य करिब १ लाख भारुबाट प्रारम्भ हुने अनुमान गरिएको छ ।
बाइकमा सर्कुलर एलईडी हेडल्याम्प्स र क्र्यास गार्ड्समा दुई एलईडी अक्जिलरी ल्याम्प्स उपलब्ध छ ।
लामो दुरीको यात्रामा सहजताका लागि बाइकको फ्रन्टमा गेटर्सका साथ टेलिस्कोपिक फोक्र्स र रियर मोनोसक छ । मोटरसाइकलमा स्पोक ह्ल्सि र दुवै पांग्रामा डिस्क ब्रेक छ ।
एक्स–पल्समा २०० सीसीको इन्जिन हुनेछ । यसमा ५–स्पिड गियरबक्स र १४ लिटरको इनधन ट्यांकी हुनेछ ।
FACEBOOK COMMENTS