काठमाण्डौं– हुण्डाइ मोटरको आधिकारीक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले फेमिली ह्याचब्याक गाडी दिअल न्यू स्यान्ट्रो हुण्डाइ पुनः नेपालीबजारमा भित्र्याएको छ ।
हुण्डाइ मोटर्स र लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिको १० वर्षको साझेदारीको उपलक्ष्यमा आयोजना गरिएको उक्त कार्यक्रम सोल्टी क्राउनप्लाजा होटलमा नयाँ स्यान्ट्रो सार्वजनिक गरिएको थियो ।
बजारको बदलिदो मागलाई ध्यानमा राखी मोर्डन र स्टाइलिस् डिजाईन, आरामदायी र प्रिमियमक्यावेन, नयाँयुगको टेक्नोलोजि, ग्राहक केन्द्रित सुरक्षा र उत्कृष्ट परफोममेन्सका साथनयाँ स्यान्ट्रो गाडी पुनः नेपालीबजारमा भित्रीएको कम्पनीले जनाएको छ ।
नयाँ स्यान्ट्रोले पुरानो स्यान्ट्रोले भन्दा बढी क्याविन स्पेस प्रदान गर्नुका साथै अन्य धेरै प्रिमियम विशेषताहरु ल्याएको छ । जस अन्तर्गत १७.६४ से.मी. स्मार्ट फोन कनेक्टिभिटी तथा भ्वाइस रिक्गनिसनजडित अडियो भिडियोप्रणालीे, रियर पार्किङ्ग क्यामरा, स्टेरिङ्ग माउण्टेड कन्ट्रोल अडियो तथा ब्लूटुथ कन्ट्रोल र रियर ए.सी. भ्यान्स रहेको छ ।
तीनवटा मोडलको स्यान्ट्रो कम्पनीले भित्राएको छ । जसमा हुन्डाई म्याग्नाको मूल्य २४ लाख ९६ हजार, स्पोर्ट्जको २६ लाख ९६ हजार,आस्टाको २९ लाख ९६ हजार भने म्याग्ना अटोमेटीक भर्सनको मूल्य २८ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
FACEBOOK COMMENTS