काठमाण्डौं– पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा ठेक्का रहेको बहुप्रतिक्षित हुलाकी राजमार्गअन्तर्गत बाँके खण्डको काम ठप्प भएको छ ।
नेपालगञ्जदेखि कटकुइयाँसम्मको ४४ किलोमिटरको हुलाकी सडक निर्माण ठेक्का पाएको पप्पु र सरकारबीच सम्बन्ध बिग्रिएसँगै निर्माणको काम प्रभावित भएको छ ।
पप्पुले यो ठेक्का रु ६० करोडमा गणपति कन्ट्रक्सनलाई दिएको छ ।
गणपतिले काम गरे पनि सरकारसँगको ठेक्का पप्पुकै नाममा रहेकाले हुलाकी सडकको काम प्रभावित भएको छ ।
पप्पुले देशका अन्यत्र काम गर्दा गरेको बदमासीको भरणपोषण यहीबाट गर्ने गरी केन्द्रबाट पत्र आएपछि जेठदेखि हुलाकी सडक कार्यालयले पैसा रोकेको छ ।
सरकारले पैसा रोकेसँगै पप्पुले गणपतिलाई आवश्यक रकम दिन नसक्दा निर्माण प्रभावित बनेको गणपति कन्ट्रक्सनका प्रमुख तुलसीराम भण्डारीले बताए ।
ठेक्का सम्झौताअनुसार २०७६ साउनमा काम सक्नुपर्ने सम्झौता छ ।
– कारोबार
FACEBOOK COMMENTS