राजु भट्टराई
विश्व आज कोेभिड १९ ले पीडित भएको अवस्थामा हरेक राष्ट्रका राष्ट्रनायकहरुका मानसपटलमा एउटा मात्र प्रश्न घुमिरहेको छ :कोभिड १९ बाट मेरा देशवाशीलाई कसरी मुक्त बनाऔँ ? यस्तो माहामारीमा सम्पूर्ण राष्ट्रका देशवासी आफू पनि बचौँ अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ बाँधिरहेका छन् । कोभिड १९ मेरा शत्रुलाई पनि नलागोस् भन्ने हेतु राखेका सम्पूर्ण राष्ट्रका देशवासीको एउटै मात्र प्रार्थना रहेको छ । यस्तो आपतकालिन समय दिनानुदिन झनझन विग्रदो अवस्थाबाट गुज्रीरहेकोे छ । विहान काम गरेर बेलुका छाक टार्ने समुदायलाई त कोभिडको पिरलो भन्दा पनि भोलिको छाक कसरी टार्ने पिरले सताइरहेको छ । यस्तै यस्तै समस्याबाट आज विश्व समुदाय शोकाकुल भइरहेको छ । विहानदेखि रातीसम्म सम्पूर्ण सञ्चार माध्यममा यस्तै यस्तै व्यथाका समाचारले आधिपत्य जमाइरहेका छन् । आफूलाइ सर्वश्रेष्ठ, सर्वसर्वा ठान्ने मानव लगायत आजको विकसित विश्वलाई देख्नै नसकिने सूक्ष्म भाइरसले त्राहीत्राही पारेको छ । तोतेबोली देखि वृद्ध वृद्धा सम्मको मुखमा कोभिड १९को नाम निस्कीरहेको छ ।
परिवारबाट टाढा रहेका सदस्यहरुले कसरी परिवारसम्म पुगुँ भन्ने पीरले भोक निद्रा गुमाइरहेका छन् । गल्लीका कुकुर, मन्दीरका परेवा र बाँदरहरु पनि हामीलाई भोजन गराउने नागरिकले किन माया मारेका होलान् भन्ने सोचमा डुबिरहेका होलान् ।तर हाम्रो देशको विडम्बना यस्तो विकराल अवस्थामा सरकारले चालेका कदमहरु सही भएनन् । सरकारले कोभिड १९ को रोकथामका लागी जुन पहलकदमी लिएको छ, त्यसबाट नागरिकहरु असन्तुस्ट रहेको स्पस्ट देखिएको छ । युवाहरु मैदानमा उत्रिएरै ध्यानाकर्षण गर्न थालेका छन । अर्थात कोरोनाको डर मारेर जे पर्ला सो टर्ला भन्ने मनशुवा बोकेर विरोध प्रदर्शनमा उत्रिएका छन । आन्दोलनको राप देशै भर देखिन्छ ।
“समस्याहरुको बग्रेल्ती चाङ् लिएर विभिन्न शहरका सडकमा नारा जुलुसका साथ युवा युवीतीहरु भिडले कराइरहेको आवाज र दृश्यले हामी नेपाली तथा सम्पूर्ण विश्वलाई अझ पिडा थपिरहेको छ ।तर जनताको प्यारो सरकार दमनको निती लिईराखेको देखिन्छ । यस्तो महामारीलाई नियन्त्रण गर्न सरकारले चालेका कदमहरु साच्चीकै सही भएनन् कि भन्ने बोध सर्वत्र हुन थालेको छ । ”
समस्याहरुको बग्रेल्ती चाङ् लिएर विभिन्न शहरका सडकमा नारा जुलुसका साथ युवा युवीतीहरु भिडले कराइरहेको आवाज र दृश्यले हामी नेपाली तथा सम्पूर्ण विश्वलाई अझ पिडा थपिरहेको छ ।तर जनताको प्यारो सरकार दमनको निती लिईराखेको देखिन्छ । यस्तो महामारीलाई नियन्त्रण गर्न सरकारले चालेका कदमहरु साच्चीकै सही भएनन् कि भन्ने बोध सर्वत्र हुन थालेको छ । यदि सरकार सहि हुन्थ्यो भने यस्तो अवस्थामा जोखिम मोलेर पक्कै जनसागर सडकमा किन उर्लिन्थ्यो होला र ? त्यसैले सरकारले आफुलाई सच्याउनुको विकल्प छैन ।
अब कसरी सही दिशा पकडने भन्नेमा सरकारले नविन योजना बनाउनु पर्छ । राष्ट्र नायक बन्ने गरि काम गर्नुपर्ने छ । त्यसका लागि जनताको मन जित्ने गरि सेवकका रुपमा प्रस्तुत हुनुपर्नेछ । मौजुदा ब्यवस्थामा शासक र रैति जस्तो व्यवहार भएको भान समाजलाई परेको छ । यो व्यवहारलाई परिवर्तन नगरि सरकारलाई अब धर छैन । त्यसैले नागरिकको बुद्धि र बललाई सहि सदुपयोग गर्न गराउन तीनै तहका सरकारले सोच्नुपर्छ अब । यहि मौका हो जनताको मनमा तिमी बास बस्ने । त्यसो गरे मात्र सम्पूर्ण नागरिकहरुको मनमा तिम्रो नाम शिलालेख जस्तै स्वतस्फुर्त खोपिने छ ।Type a message…
FACEBOOK COMMENTS