काठमाडौं, वैशाख ३० – पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मकवानपुरका २ जनाको मृत्यु भएको छ । हेटौँडा अस्पतालमा उपचाररत हेटौँडा ७ का ८७ वर्षीय पुरुष र हेटौँडा–४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा.सागर काफ्लेले जानकारी दिए ।
हेटौँडा अस्पतालको आइसियु कक्षमा उपचाररत हेटौँडा–४ का ६० वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको थियो । त्यस्तै हेटौँडा–७ का ८७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
उनीहरु केही दिनअघि संक्रमणका कारण विरामी भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुलाई आइसियु कक्षमा राखेर उपचार गरिएको थियो । मृतकको शव व्यवस्थापन गर्ने कार्य भइरहेको जनाइएको छ । यससँगै मकवानपुरका ५१ जनाको संक्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
FACEBOOK COMMENTS