काठमाण्डौँ – रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।
राष्ट्रिय प्राथमिकता अन्तर्गत रहेको निर्माणाधीन १११ मेगावाट जलविद्युत् आयोजनाको चार हजार १८५ मिटर मुहानदेखि विद्युत्गृहसम्म पानी ल्याउने हेडरेस सुरुङ सोमबार बिहान ‘ब्रेक थ्रु’ गरिएको आयोजनाका प्रमुख छवि गैह्रेले बताए ।
उनले मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारित समय सन् २०२० को फेबु्रअरीभित्र १११ मेगावाट विद्युत् उत्पादन भइसक्ने बताए ।
आयोजना प्रमुख गैहे्रले रु १३ अर्ब ६४ करोडको लागतमा सन् २०१४ देखि निर्माण शुरु भएकोे जानकारी दिए ।
आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ ।
– कारोबार
FACEBOOK COMMENTS