काठमाडौं, पुस ८ -नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले यस वर्षको ‘हेम बहादुर मल्ल पुरस्कार नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र डा.सुन्दुक रुइतलाई प्रदान गर्ने घोषणा गरेको छ ।
नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मंगलबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै उक्त दुई जना व्यक्तित्वलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
उज्यालो नेपालका अभियन्ता कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ मुक्त गरेको र डा. सुन्दुक रोइतलाई आँखा रोग विशषेज्ञका रुपमा सम्मानित गर्न गईरहेको हो । उक्त पुरस्कार यहि पुष ११ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदान गरिने भएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका पुर्व महाप्रबन्धक हेम बहादुर मल्लको कदर स्वरुप २०५९ सालमा स्थापना गरिएको उक्त पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ रहेको छ । साथै सोही वर्षदेखि उक्त पुरस्कारबाट दुई जनालाई विशेष व्यक्तित्वहरुलाई सम्मानित गरिँदै आएको छ ।
स्व. मल्लले साल्ट टे«डिङ्ग कर्पोरेसनमा करिब २५ वर्ष महाप्रबन्धकको रुपमाकाम गरी कर्पाेरेसनमा विशेष योगदान पु¥याउनु भएको थियो । सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा संयोजक रहेको यस पुरस्कारको छनोट समितीमा डा हिरामणि घिमिरे, लक्ष्मीदास मानन्धर, चाँदनीजोशी र केदार खड्का सदस्य रहेका थिए ।
FACEBOOK COMMENTS