काठमाडौं, २९ चैत । काठमाडौंको नागर्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतवार बिहान ११ बजेदेखि लागेको आगो हेलिकप्टरमार्फत पानी खसालेर निभाइएको हो ।
बेलुकी पाँच बजेतिर आगो नियन्त्रणमा आएको निकुञ्जका प्रमुख लक्ष्मण पौडेलले बताएका छन् । डढेलो नियन्त्रणका लागि सिम्रिक एअरको हेलिकप्टरले पानी बोकेर खन्याएको थियो ।
डढेलोबाट केही वन क्षेत्रमा क्षति पुगे पनि मानवीय र भौतिक संरचनामा भने क्षति हुन पाएन ।
यस्तै डढेलो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्जका कर्मचारी र स्थानीयवासीले सक्दो प्रयास गरेका थिए ।
FACEBOOK COMMENTS