अन्जनराज न्यौपाने
तनहुँ, २० गते -होटल एसोसिएसन अफ नेपाल हान की अध्यक्ष सिर्जना राणाले प्रत्येक होटल ब्यबसायीहरुले पर्यटनमैत्री होटल बनाएर भ्रमण वर्षलाई टेवा पुर्याउनुपर्ने बताएकी छन्।
दमौलीमा आयोजित क्षेत्रीय होटल संघ तनहुँको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष राणाले सो कुरा राखेकी हुन् । पर्यटन वर्ष २०२०को सुरुवात भइसकेकोले सम्पुर्ण होटल व्यवसायीहरु आआफ्नो ब्यबसायमा सचेत हुनुपर्ने राणाले बताईन्। भगवान् बेदब्यासको पवित्र जन्म भूमि तनहुँलाई धार्मिक एवम् पर्यटकीय हव बनाउनु पर्ने रपर्यटनमैत्री होटल सञ्चालन गर्न सके आन्तरिक एवं बाह्य पर्यटक आकर्षित गर्न सकिने उनको भनाई थियो।
होटल व्यवसायीको सेवाले नै अर्थतन्त्र र देशको पहिचान बनाउने भएकाले सेवालाई पाहुनामुखी बनाउनतर्फ सबै ब्यबसायी सजग हुनुपर्नेमा जोड दिदै उनले भनिन् ‘भ्रमण वर्ष २०२० समेत शुरु भइसकेको छ, सम्पुर्ण होटल व्यवसायीले मुस्कान सहितको सेवा दिन सक्नुपर्छ, होटलले स्वच्छता, शुद्धता र मुस्कान सहितको सेवा दिन सके भ्रमण वर्षले सार्थकता पाउनेछु उनको कथन थियो ।मुलुकको अर्थतन्त्रलाई तीब्रतर गति दिदै मजबुत बनाउन पर्यटन प्रवद्र्धनमामा तेरो मेरो नभनी राजनैतिक आग्रह पुर्वाग्रह भन्दा माथि उठेर सबै पक्ष लाग्नुपर्ने जोड दिईन्। नेपालीको अर्थतन्त्र मजबुत बनाउन होटल व्यवसायीको महतवपूर्ण भूमिका रहेको उनले दाबी गरिन्। आन्तरिक एवम् बाह्य पर्यटकलाई ध्यानमा राखी तनहुँमा व्यवस्थित शौचालय बनाउने ठाउँ उपलब्ध गराए हानले सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरिन।
अधिवेशनले डुम्रेका रामकुमार जोशीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समितिको वरिष्ठ उपाध्यक्षमा विकास खनाल, प्रथम उपाध्यक्षमा बासुदेव अधिकारी, द्वितीय उपाध्यक्षमा चन्द्रबहादुर थापा, महासचिवमा चन्द्र कुमार कायस्थ, कोषाध्यक्षमा सनत कुमार श्रेष्ठ, सचिवमा चिजकुमार श्रेष्ठ र सदस्यहरुमा जीवन शाही, सुनिता पन्थ र संगीता प्रधान रहेका छन्। कार्यक्रम क्षेत्रीय होटल संघ तनहुँका अध्यक्ष राज कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो।
FACEBOOK COMMENTS