काठमाण्डौँ — सरकारले क्याफे, रेस्टुराँ, बीएन्डबी, बुटिक, हेरिटेजसहित पाँचतारे डिलक्ससम्मका होटलको वर्गीकरण र स्तरीकरण गर्ने भएको छ।
होटल मापदण्ड २०७० संशोधन गरेर सबै प्रकारका होटल व्यवसायलाई स्तरीकरण, नियमन, व्यवस्थित सञ्चालन र करको दायरामा ल्याउने तयारी सरकारले गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले पर्यटन विभागले तयार पारेको होटल मापदण्डको संशोधित मस्यौदा स्वीकृतिका लागि मन्त्रालय आइपुगेको जानकारी दिए।
यसलाई मन्त्रीस्तरीय निर्णय गरेर स्वीकृत गर्ने र राजपत्रमा सूचना प्रकाशनपछि लागू गरिने उनले बताए।
मापदण्ड स्वीकृत भए पनि हाल सञ्चालनमा रहेका सबै प्रकारका होटल व्यवसाय नियमन र स्तरीकरण गर्ने काम हुनेछ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS