काठमाडौं, वैशाख १२ । होन्डाले सन् २०४० पछि मात्रै विद्युतीय कार बनाउने भएको छ । विश्वका सबैजसो कार निर्माता कम्पनीहरु विद्युतीय कार बनाउन लागिरहेका बेला होन्डाले यस्तो निर्णय गरेको हो ।
कार निर्माता कम्पनीसँगै चीनको स्मार्टफोन निर्माता कम्पनी हुवावेले पनि विद्युतीय कार बनाउने घोषणा गरिसकेको छ । जापानी विश्व प्रशिद्ध कम्पनीका प्रमुख कार्यकारी अधिकृत तोसिहिरो मिबेले पद सम्हालेपछि पहिलो पत्रकार सम्मेलनमा २०४० अघि विद्युतीय का नबनाउने बताएका हुन् ।
कम्पनीले खनिज तेलामा चल्ने कारको उत्पादन २०३० सम्म ४० प्रतिशत घटाउने र २०३५ सम्म ८० प्रतिशत घटाउने योजना बनाएको छ । त्यसपछि, सन् २०४० सम्ममा पुरै विद्युतीय गाडी उत्पादन गर्ने कम्पनीको लक्ष्य छ । जसअनुसार कम्पनीले विद्युतीय कार उत्पादन गर्न लागेपछि इन्धनमा आधारित कार बन्ने छैन ।
FACEBOOK COMMENTS