काठमाडौं, १५ मंसिर -राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा बिकास केन्द्रले १ करोडको अपाङ्गता अक्षय कोषको स्थापना गरेको छ । शनिवार केन्द्रले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राष्ट्रिय सम्मान तथा अपाङ्गता सहायक सामग्री वितरणू कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष नीलकण्ठ पौडेलको सभापतित्व र उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवको प्रमुख अतिथिमा सम्पन्न भयो । कार्यक्रम लाई सम्बोधन गदै उपप्रधानमन्त्री यादवले राज्यका हरेक संरचनमा अपाङ्गता भएका व्यक्तिको समान सहभागितालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।साथै, उनले अपाङ्गता भएका व्यक्तिको अधिकार प्राप्तिका लागि भएका ऐन, कानून र नीतिको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।‘अपाङ्गता भएको व्यक्ति सपाङ्ग व्यक्तिभन्दा कुनै पनि हिसाबले कमजोर हुँदैन, दुवै समाजका अङ्ग हुन, त्यसैले समान अवसर हुनुपर्छ, अपाङ्गता भएकै कारण उनीहरुमा हिनताबोध हुनु हुँदैन ।’
उनले संविधान ऐनरकानून नीति नियमले समेत अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राखेको सन्दर्भ उल्लेख गर्दै आत्मबल बलियो बनाएर अगाडि बढ्न आग्रह गरे ।
केन्द्रका अध्यक्ष नीलकण्ठ पौडेलले संघ, प्रदेश र स्थानीय तीनै सरकारले अपाङ्गतामैत्री बजेट प्रस्तुत नगरेको भन्दै अपाङ्गतामैत्री बजेटका लागि आग्रह गरे ।
सो अवसरमा अपाङ्गताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएबापत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गर्नुका साथै अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर र वैशाखीसमेत वितरण गरिएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालयका एस एस पी श्याम ज्ञवाली ,उर्मिला डंगोल ,कमल कटुवाल ,रविन प्रसाद थपलिया ,सरिता थुलुङ, आशिका तामाङ लगायतको उपस्थिति थियोे ।यसै माझ रमा न्यौपाने र निलम ढुंगानाले एउटा खुट्टाले गरेको नाचको बिशेष प्रस्तुतिले कार्यक्रममा आकषर्ण बढाएको थियो ।
FACEBOOK COMMENTS