काठमाण्डौँ — चितवनको सदरमुकाम भरतपुरमा खानाको स्वादका पारखीहरुका लागि नयाँ रेष्टुरेण्ट “प्रेसिडेन्ट सेकुवा” सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।
घरकै शैलीमा फरकपन सहित मौलिक खानाका परिकारहरुसहित राजधानी काठमाडौँमा चर्चीच बनेको “प्रेसिडेन्ट ग्रुप अफ होटल” को आठौँ शाखा चितवनको भरतपुरमा सञ्चालन आउन लागेको हो ।
प्रेसिडेन्ट ग्रुप होटल अन्तर्गत २०६३ सालबाट सामान्य किराना पसलसहित सुरु भएको प्रेसिडेन्ट ग्रुप अफ होटलले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आठौँ शाखा भरतपुरमा संचालन गर्न लागिएको जानकारी दिएको हो ।
मुलुककै केन्द्र भागमा रहेको चितवनको भरतपुरमा बिस्तार गरिएको प्रेसिडेन्ट ग्रुप अफ होटलका अध्यक्ष तथा प्रबन्ध निर्देशक शंकर भण्डारीले जानकारी दिए ।
शुभारम्भको अवसरमा केहिदिन विशेष छुट समेत व्यवस्था गरिएको उनले बताए ।
FACEBOOK COMMENTS