काठमाडौँ, माघ २० – माघ १४ गतेबाट सुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत हालसम्म १ लाख २८ हजारभन्दा बढी व्यक्तिले कोरोनाविरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार अपराह्न ४ः०० बजेसम्म ७७ जिल्लाका २०१ खोप बुथहरुबाट १ लाख २८ हजार ६५० जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ।
हालसम्म प्रदेश १ मा १७ हजार २ सय ८७, प्रदेश २ मा १६ हजार १ सय ७३, बागमतीमा ४५ हजार ३ सय ४५, गण्डकीमा १६ हजार २ सय ७०, लुम्बिनीमा १७ हजार ९ सय ७९, कर्णालीमा ६ हजार ६ सय ६० र सुदूरपश्चिममा ८ हजार ९ सय ३६ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
भारत सरकारले कोरोनाविरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ भ्याक्सिन नेपाललाई उपलब्ध गराएको थियो।
FACEBOOK COMMENTS