अन्जनराज न्यौपाने
तनहुँ, २२ मंसिर – वेदानुयायी प्रतिष्ठान नेपाल ब्यास-३,पराशर आश्रम संरक्षण समिति ब्यास-५ ,ब्यास क्षेत्र विकास कोष ब्यास-३, विश्व हिन्दु महासंघ ब्यास-३ र श्रीकृष्ण दैपायन सत्सङघ समिति ब्यास-३ को संयुक्त आयोजनामा संचालित पत्रकार भेटघाट समारोह तथा महायज्ञको आयब्यय एक कार्यक्रमका विच सार्वजनिक गरिएको छ। आय ब्यय सार्वजनिक तथा पत्रकार भेटघाट कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गरे। उद्घाटनका क्रममा बोल्दै प्रमुख अतिथि वाग्लेले आध्यात्मिकवाद प्रत्येक ब्यक्तिका लागि अपरिहार्य भएको बताए। ‘ब्याक्तिको सार्वाङ्गिण विकास -शारीरिक ,मानसिक र संम्वेगात्मक पक्षलाई मजबुत बनाउन र चारित्रिक पक्ष सवल बनाउन आध्यात्मिकवाद अनिवार्य विषय भएको छ’ प्रमुख अतिथि वाग्लेले भने।
यसैगरी कार्यक्रमको विशिष्ट अतिथि ब्यासनगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले महायज्ञ नेपाल कै ऐतिहासिक र उदेश्य प्राप्तिका लागि सफल भएको बताए ।यस्तै, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख विनोद सिलवालले आध्यात्मिक शक्ति सबै शक्तिहरुमा सर्वशक्तिशाली भएको बताउदै ब्याक्तिको ब्याक्तित्व विकास र सामाजिक उतरदायित्व प्रति बफादार रअनुशासित रहन सिकाउने बताए । कार्यक्रममा विभिन्न सामाजिक ब्याक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सम्पुर्ण जेष्ठ नागरिकहरुको तर्फबाट ९२ बर्षीय बृद्ध भिमबहादुर बस्नेतलाई प्रमाणपत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियोे ।
जिल्लाको शान्तिसुरक्षामा अहोरात्र खटिएका प्रहरी प्रमुख विनोद सिलवाल ,राष्ट्रिय अनुसन्धान विभागका उप निर्देशक नवीन भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई रेशम गुरुङ सम्मानित भएको सो कार्यक्रममा ब्यासका अध्येता काशीनाथ न्यौपाने ,पराशर आश्रम संरक्षण समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठ ,ब्यास क्षेत्र विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठ र विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष तुलशीशरण सिग्देल लगायतका समाजमा विविध विधामा अतुलनीय योगदान पुराउने सामाजिक ब्यक्तित्वहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियोे ।
यसैगरी सम्पुर्ण पत्रकारहरुको तर्फबाट समाचार प्रकाशन र प्रशारण गरेको भन्दै तनहुँ टेलिभिजन र नागरिक राष्ट्रिय दैनिकका जिल्ला प्रतिनिधि श्रीहरी पौडेललाई प्रशंसा पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
१०८ फिट अग्लो भगवान बेदब्यासको मुर्ति ब्यासनगरपालिका स्थित शिव पन्चमन्दिर परिसरमा बनाउने भन्ने योजना अनुसार ४ संस्थाले उक्त विराट ज्ञानमहा यज्ञ आयोजना पुर्णरुपमा सफलतापुर्वक सम्पन्न भएको बेदानुयायी प्रतिष्ठान केन्द्र नेपालका संरक्षक शान्ति स्वरुपानन्द दामोदर बाबाले वताए ।
